Division ban Pahalmanpur

प्रहरीलाई ढुङ्गा प्रहार गर्ने २ पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बझाङ- बझाङमा प्रहरीलाई ढुङ्गा प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोता बजारमा प्रहरी माथी ढुङ्गा प्रहार भएको हो ।

Malpot office jogbudha

आइतबार राति झोता बजारस्थित के एम डि होटलमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका–२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्बी नगरपालिका–७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झगडा र होहल्ला गरेका थिए ।

होटल सञ्चालक कौशीला धामीले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताए । रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्कालाई ढुङ्गा प्रहार गरका हुन् ।

ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ। उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । कुटपिट गर्ने रावल र महरलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्को अवस्था मध्यम रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...