धनगढी- कैलालीको धनगढीमा सरकारी गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । आइतबार राति साढे ९ बजे सहिद गेटमा सुपप्र ०१ ००१ झ ०३८७ नम्बरको गाडीले साइकललाई ठक्कर दिएको हो ।
सो गाडी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढीको रहेको बताइएको छ । गाडीको ठक्करबाट साइकलमा सवार दार्चुलाको दुहु गाउँपालिकाका हेमराज जोशी घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनको धनगढीमा उपचार भइरहेको छ । सो सरकारी गाडीमा उपसचिव पनि सवार रहेको बताइएको छ । चालक धनगढी बस्ने राजेन्द्र बहादुर थापा र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।