कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी- कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका ३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले घटनाबारे प्रहरीलाई खबर भएपछि अहिले घटनास्थलतर्फ संयुक्त प्रहरी टोली गएको बताए ।

Navadurga sun

उनका अनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी वरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...