हेल्दी लिभिङको डाइरेक्ट सेलिङ तथा लिडरसिप डेभलपमेन्ट सम्बन्धी जानकारी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- हेल्दी लिभिङ कम्पनी प्रालि नेपालले डाइरेक्ट सेलिङ तथा लिडरसिप डेभलपमेन्ट सम्बन्धी जानकारी दिने कार्यक्रम गरेको छ । शनिबार प्रालि ले अत्तरियाको पतञ्जलि योग भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि हेल्दी नेपालका डबल क्रोन युनिभर्सल डाइरेक्टर लोकेन्द्र बम रहेका थिए । डायमन्ड डाइरेक्टर गोविन्द प्रसाद देवकोटा र कविराज जैशी, गोल्ड डाइरेक्टर सानु देबि बिक को कार्यक्रममा उपस्थिति  रहेको थियो ।

Malpot office dadeldhura

कार्यक्रममा हेल्दी लिभिङ नेपालले आफ्नै कारखाना बाट उत्पादित २ सय भन्दा बढी प्रोडक्ट, भिजिटेड र डाबर नेपाल आदिका प्रोडक्टहरूको डाइरेक्ट सेलिङ गरिने कुरा बताइएको थियो । किराना पसलबाट सामान किन्नु भन्दा डाइरेक्ट सेलिङबाट किन्दा धेरै फाइदा हुने, नक्कली भए सामान फिर्ता पाइने, पछि सामान किनेको बोनस पनि पाइने बताए । ९ वटा देशमा चलिरहेको र नेपाल मा ३ वर्ष अघि देखि चलिरहेको छ ।

डाइरेक्ट सेलिङमा लगानी गर्नु नपर्ने र आफ्नो खुट्टामा आफैं उभिने अवसर लिन सकिन्छ । सेलिङमा राम्रो गर्न सक्ने लाई कार र विदेश भ्रमण गर्ने अवसर पनि मिल्छ । यसमा लागेका मानिसहरूलाई आर्थिक स्वतन्त्रता, समयको सदुपयोग, प्राकृतिक स्वास्थ्य, व्यक्तित्व विकाश, मान सम्मान, अरुको पनि जीवन स्तर उकास्ने मौका, आर्थिक सुरक्षा, विदेश भ्रमण आदि सेवाहरू प्राप्त गर्न सकिन्छ ।

डाक्टर पेम्बा शेर्पा कम्पनी का प्रमुख हुनु भएको यो कम्पनी नेपालको सबै भन्दा बढी कर बुझाउने कम्पनी हो । यसको प्रधान कार्यालय काठमाडौंमा रहेको छ । यो कम्पनीको स्थापना २०७७ असार १९ मा भएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...