कैलारी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स बिग्रिदा बिरामी ल्याउन-लैजानै समस्या

धनगढी- कैलालीको कैलारी गाउँपालिकाका स्थानीय एम्बुलेन्स सेवा नपाउँदा स्वास्थ्य उपचार गराउन सास्ती भोग्न बाध्य भैरहेका छन् । गाउँपालिकामा सञ्चालित एम्बुलेन्स बिग्रिएर करिब १ महिना देखि थन्किँदा बिरामी ल्याउन लैजान समस्या भएको हो ।

गाउँपालिकाको हसुलिया स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स बिग्रिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको उनीहरूको भनाई छ । सो स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने महिलाहरू झनै समस्या परेका छन् । स्थानीय दिपेश चौधरीका अनुसार केही दिन अघि मात्रै गाउँपालिकाको वडा नं १ की एक महिलाले समयमा एम्बुलेन्स नपाउँदा बाटोमै बच्चा जन्माइन् ।

Navadurga sun

उनले भने, एम्बुलेन्स खोज्यौँ पाएन, एम्बुलेन्स नपाइने भएपछि अन्य सवारीसाधनको प्रयोग गरी स्वास्थ्य चौकीमा लैजाने निर्णय गर्‍यौँ, उनले भने, स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै बच्चा जन्माएपछि मात्रै स्वास्थ्य चौकी पुगाइयो । स्वास्थ्य चौकी प्रमुख पुष्पराज उपाध्यायले हसुलिया स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरको रूपमा लिइने गरेको बताए । जहाँ वडा नं. १, ३ र ४ का महिलाहरू सुत्केरी गराउँछन् उनले भने, तर समयमा एम्बुलेन्स सेवा नपाउँदा बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य चौकी प्रमुख उपाध्यायले एम्बुलेन्स ८ वर्ष पुरानो भएको तर मर्मत सम्भार गर्न स्वास्थ्य चौकीसँग आर्थिक स्रोतको अभाव भएको बताए । आर्थिक स्रोत नहुँदा बिग्रीएको एम्बुलेन्स मर्मत सम्भार गराउन सकिएको छैन्, उनले भने, यसका लागि गाउँपालिकासँग समन्वय गरे पनि काम भएको छैन् ।फागुन १२ गतेदेखि एम्बुलेन्स सेवा बन्द छ, एम्बुलेन्स सेवा बन्द भएको दोस्रो दिन देखी नै पालिकालाई मर्मतको लागि पत्राचार गरेको भए पनि अहिले सम्म कुनै सुनुवाइ नभएको उनको भनाई छ।

कैलारी गाउँपालिकाका हाकिम लक्ष्मीदत्त भट्टले संघ सरकारले पालिकाको ४५ प्रतिशत बजेट कटौती गर्दा समस्या भएको बताए । एम्बुलेन्स बिग्रेको जानकारी पाए पनि मर्मत सम्भारका लागी आफूले सञ्चालनको लागि छलफल गरिरहेको उनको भनाई छ । एम्बुलेन्स सञ्चालक समितिले पनि सुरुदेखि व्यवस्थित ढङ्गले सञ्चालन नगरिएको त्यसबाट आउने राजश्वको लेखाजोखा नभएकोले पनि समस्या भएको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...