बैतडीमा आगलागी हुँदा जलेर एक वृद्धा घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बैतडी- बैतडीमा आगलागीबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका –७ किम्तोलीकी ७८ बर्षीया लक्ष्मीदेवी बिक जलेर घाइते भएकी हुन् ।

Malpot office dadeldhura

घर नजिकैको खरफागलामा आँफैले स्याउला जलाउने क्रममा भएको आगलागीबाट बिक घाइते भएकी हुन् । शुक्रबार साँझको समयमा स्याउला जलाउने क्रममा भएको आगलागीले विकको शरीरको पछाडिको भाग जलेको छ ।

घाइते विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए । घाइते विकको अवस्था मध्यम रहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...