अत्तरिया- कैलालीमा सेनाको गाडी र मोटरसाइकल ठोकिदा दुर्घटना भएको छ । शुक्रवार साँझ गोदावरी नगरपालिका–२ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरी तर्फ जाँदै गरेको बा ६८ प ५९८४ नम्बरको मोटरसाइकल र तेघरी ब्यारेकको बा ९ च ५७३६ नम्बरको गाडी ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका–४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् । उनीहरूको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूले मादक पदार्थ सेवन गरेको र एउटै मोटरसाईकलमा ४ जना सवार रहेको प्रहरीले बताएको छ । सेनाको जिप र चालक लेस नायक दमन बहादुर सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।