नेपाल उत्पीडित जातिय मुक्ति समाजको प्रथम नगर अधिवेशन अत्तरियामा सम्पन्न

अत्तरिया- नेकपा एमालेको भातृ संगठन जिल्ला कमिटी कैलाली मुक्ति समाज नेपालको आयोजनामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम नगर अधिवेशन कैलालीको अत्तरियामा सम्पन्न भएको छ । जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागी राष्ट्रिय नीति निर्माण गरौँ । समानुपातिक समावेशी पूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौँ भन्ने नाराका साथ प्रथम नगर अधिवेशन बिहीबार अत्तरियाको पतञ्जलिको योग भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

Navadurga sun

५९ औ अन्तराष्ट्रिय जातीय दिवसका अवसरमा सम्पन्न कार्यक्रममा बिभिन्न मागका प्ले कार्डहरू प्रदर्शन गर्दै बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । मुक्ति समाज जिन्दाबाद, श्रमजीवी एक जुट हौं, दलित विकास बोर्ड गठन गर, जातीय भेदभावको अन्त्य गर, जातीय छुवाछुत गर्ने लाई कारबाही गर, ५९ औं अन्तराष्ट्रिय जातीय दिवस सफल पारौँ लगायतका मागहरूका प्ले कार्डहरू सहित बजार परिक्रमा गरिएको थियो ।

मुक्ति समाज कैलाली जिल्ला उप सचिव भिम बिक को सभापतित्वमा सञ्चालित कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमाले पोल्युटब्युरो सदस्य गणेश ठगुन्ना प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि ठकुन्नाले मन्तव्य होइन काममा जोड दिनु पर्ने कार्यक्रम मा धेरैको उपस्थिति भएकोले खुसी लागेको बताए । नेपालको संविधानले जातीय भेदभावको अन्त्य गरिसकेको जातीय भेदभाव गर्ने एमालेको सदस्य हुन नसक्ने एमालेको बहुमत आएपछि जातीय उन्मूलन व्यवहारिक रुपमा हुने जातीय भेदभाव सामन्तवाद ले गर्ने र यसका अवसेसहरुको अन्त्य गरि जातीय भेदभावको अन्त्य गरिनु पर्ने बताए । त्यस्तै विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गोदावरी नगरपालिका अध्यक्ष सन्तोष शर्मा थापा रहेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले पिछडिएको बर्ग भएको हुँदा हाम्रा धेरै पीडा भएका, मुक्ति समाज निडर भएर अगाडि बढे यसले पार्टीलाई झक्झक्याएर अगाडि बढे जातीय मुक्ति हुने बताएका छन् । चेतनाको कमीले गर्दा दलितले पाएको संवैधानिक अधिकार पनि कार्यान्वयन नभएको २१ औ शताब्दीमा संयुक्त राष्ट्र संघले पनि छुवाछुत उन्मूलन गरिसकेकाले भेदभाव गर्नु दुखद भएको बताए । पार्टी नेतृत्वमै रहेकाले पनि भेदभाव पनि गरिआएको र नेकपा एमालेले यस्ता नेतालाई हटाउने पनि बताए ।

मिसन ८४ मा एमालेले बहुमतको सरकार बनाउनु पर्ने र छुवाछुतको अन्त्य गर्ने छ । जात २ वटा महिला र पुरुष मात्र हुने भएकाले सन १९६० मार्च २१ मा कानुनी रूपमै जातीय बिभेदको अन्त्य भएको हो । मुक्ति समाजले जातीय भेदभावको सशक्त प्रतिकार गर्नुपर्ने पनि बताए । कार्यक्रममा २ सय जना जतिको उपस्थिति रहेको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रथम नगर अधिवेशनबाट गोनपा नगर कमिटीमा मनोनित उम्मेदवारहरूको चयन गर्नको लागि बन्द सत्र भोलि (शुक्रबार) ११ बजे बनखेतमा रहेको पार्टी कार्यालयमा हुने जनाइएको छ । हरेक वर्ष २१ मार्चलाई अन्तराष्ट्रिय जातीय दिवसको रुपमा मनाइने गरिन्छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य किसान महासंघ कैलालीका पूर्व जिल्ला सदस्य खडक बहादुर सार्कीले व्यक्त गरेको कार्यक्रमको सञ्चालन मुक्ति समाज कैलालीका जिल्ला कमिटी सदस्य जय बहादुर बिकले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...