कैलालीको धनगढी र गोदावरीको बिचमा स्वागतद्वार निर्माण

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बिचमा स्वागतद्वार निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण गरेको हो ।

धनगढी-अत्तरिया ६ लेन सडकको मोहनपुर सीमा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाले गत मंसिर २७ गते स्वागतद्धार निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । धनगढी उपमहानगरपालिकाका अनुसार श्री उप्रेती विल्डर्स एण्ड इन्जिनियर्स प्रालि, धनगढी सँग १९ लाख ५६ हजार ९ सय ८९ रुपैयाँमा स्वागतद्वार निर्माणको सम्झौता भएको थियो ।

धनगढी उपमहानगरपालिकाले स्वागतद्वारमा ३२ वटा फ्लड लाइट र स्ट्रिप लाइट समेत जडान गर्दैछ । विजुली-बत्तीका लागि धनगढी उपमहानगरपालिकाले थप ४ लाख ४७ हजार ३ सय ८१ रुपैयाँ खर्च गर्दै छ । ठेक्का सम्झौता मार्फत नै स्वागतद्वारमा धनगढी उपमहानगरपालिकाले बत्ती जडान गर्दैछ ।

निर्माण कम्पनीले गत फागुन ३० गते भित्र स्वागतद्वार निर्माणको काम पूरा गर्नु पर्ने हो । तर, सम्झौताको समय भित्र सबै काम निर्माण कम्पनीले सकेको छैन । स्वागतद्वार निर्माणको काम जारी रहेको छ । धनगढी विमानस्थल जोड्ने सडकमा समेत स्वागतद्वार निर्माण गरिएको छ ।

Loading...