धनगढीमा कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीको धनगढीबाट कृते र चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी वडा नम्बर ८ का बसन्त राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी धनगढी वडा नम्बर १ का विष्णु गोतामे रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए । कैलाली अदालतको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका थिए ।

Loading...