Division ban Pahalmanpur

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (सूचीसहित)

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ- नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो ।

सातदोबाटो प्रहरी वृत्तमा प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईलाई सरूवा गरिएको छ । थानकोट प्रहरी वृत्तमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ ।

Malpot office jogbudha

प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ भने डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँमा सरूवा गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन् ।

२०८० साल चैतदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षकहरुको सरुवा/काज सम्बन्धमा हेर्न यहाँ Click गर्नुहोस्

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...