कैलालीको हाटखोलीमा भेटियो नेपाली सेनाको टुईन्च मोटर बम

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ फेला परेको छ । बुधबार बिहान गोदावरी नगरपालिका-४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको जानकारी दिए । उनका अनुसार स्थानीयले हाटखोली स्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरेर फर्किएको प्रहरीले जनाएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुन सक्ने अनुमान गरिएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...