बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बझाङ- बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ । सेती नदीको मनमोहक दृश्या वलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोट देखि पानकोट सम्म र्‍याफ्टिङ गरिने भएको हो ।

Malpot office dadeldhura

चैत १२ गते देखि चैत २५ गतेसम्म सुनिकोट देखि पानकोट सम्म सेती नदीमा र्‍याफ्टिङ गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए । चैत १२ गते देखि सेती नदीमा सञ्चालन गरिने र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिसकेको खड्काले बताए ।

र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्य गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रूपमा रहेको बझाङ जिल्लाको पर्यटन प्रवर्धनका लागि सरोकारवाला सबै सँग सहकार्य गरिने उनको भनाइ छ । खड्काले बझाङ धार्मिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचार प्रसारका लागि यस्तै पर्यटकीय क्रियाकलाप गर्न जरुरी रहेको समेत उनको भनाइ छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...