आशा लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न

अत्तरिया- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय अत्तरियाको आयोजनामा मंगलबार प्रतिभा पुस्तकालयमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

सबिता पार्कि बिक को सभापतित्व भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वार्ड नं. २ का वडा सदस्य डबल बहादुर साँउद रहेका थिए ।

बिशिष्ट अथितीमा अत्तरिया प्रहरीका प्रहरी निरीक्षक बासुदेव भट्ट रहेका थिए भने उक्त कार्यक्रममा अनुगमन अधिकृत खोम बहादुर खडका र शाखा प्रमुख गणेश प्रसाद भट्टले कार्यक्रम बारे जानकरी गराएका थिए ।

कार्यक्रममा संस्था प्रति गुनासो ब्यक्त गर्दै सहभागिहरुले संस्थाले ब्याज दरमा कम गर्नु पर्ने, सीप मुलक कार्यक्रमहरू लागु गर्नुपर्ने, ऋणलाइ त्रैमासिक किस्तामा पनि बुझाउने ब्यबस्था लागु गर्नुपर्ने, ऋण १० लाख सम्म बिना धितो पाउनु पर्ने बताए ।

प्रमुख अतिथि डबल साउदले ऋण लिने बेला आफ्नो आम्दानी हेरेर लिने, सँस्था ले पनि जथाभावी ऋण नदिने, यस संस्थाले बिना धितो ७ लाख सम्म दिने गरेकाले सँस्था लाइ धन्यबाद ज्ञापन गरे । यस संस्थाले राम्रो काम गरिरहेको र अभैm राम्रो काम गर्नु पर्ने पनि बताउनु भयो ।

मन्तव्य राख्दै सभापति बिक ले आशाले अरु संस्था भन्दा राम्रो काम गरि रहेको र ऋणि र बचतकर्ता हरुलाई राम्रो सेवा प्रदान गर्दै आइरहेको बताइन। उनले सँस्थाले आगामी दिनहरुमा सँख्यात्मक तथा गुणस्तरीय रुपमा सेवा सुविधा दिइने पनि बताइन । हाल यस संस्थाको कुल सदस्य संख्या १ हजार ९ सय ६८, समुह अथवा केन्द्र संख्या १ सय ६५, ऋणि संख्या ८ सय ११ रहेको छ ।

संस्थाले यस बर्ष कुल कर्जा रकम १३ करोड ९ लाख ७८ हजार ७ सय ३७ भएको यस संस्थाले ५ करोड ७९ लाख ९७ हजार ६ सय २३ रकम बचत संकलन गरेको छ । संस्थाले यस बर्ष सुत्केरी सुबिधा ४८ जनालाई ९६ हजार, बिमा क्षेतिपुर्ति ३ जनालाई ६ लाख १७ हजार ९ सय, काजक्रिया रकम भुक्तानी ५ जनालाई २५ हजार उपचार खर्च सुबिधा, ११ जनालाई ३३ हजार र छोरीको बिवाह खर्च ९ जनालाई १८ हजार प्रदान गरेको छ । कार्यक्रमको संचालन आशा लघुवित्तका अम्मर राज जोशीले गरे भने संस्था कै रिता शाहले स्वागत मन्तव्य राखेकी थिइन ।

Loading...