धनगढी- धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन्।धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय गणेश रानाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको बताईएको छ ।
धनगढीका नगर प्रमुख गोपाल हमाललाई म्यासेज गरी धम्की दिएको भनि रानालाई नगर प्रहरीले घरबाटै ल्याएको थियो । नगरपालिका हाता भित्र बिष सेवन गरेपछि गम्भीर भएका रानालाई नगर प्रहरीले त्यहाँबाट अस्पताल पुगाएको छ । रानाको अहिले सेती प्रादेशिक अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।