वन मुद्दा र बैकिंङ कसुरका ३ फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीको धनगढीबाट वन मुद्दा र बैकिंङ कसुरका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । कैलालीको धनगढीबाट वन मुद्दा र बैकिंङ कसुर मुद्दामा एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका वन मुद्दामा ६ महिना कैद सजाय र ३ हजार ६७५ जरिवाना ठहर भएका धनगढी १० का कल्लु राना र सोही मुद्दामा ४६ हजार ९१६ जरिवाना ठहर भएका धनगढी ६ का दिर्घ चौधरी रहेका छन् ।

यस्तै कैलालीका डिएसपी कुलदीप चन्दले बैकिंङ कसुर मुद्दामा १९ लाख ८४ हजार १ सय जरिवाना ठहर भएकी धनगढी वडा नम्बर २ की सरस्वती देबी चन्द पक्राउ परेकी बताए । अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका तीन वटै प्रतिवादीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...