डडेल्धुरा पुगेर ओलीले भनेः शेरबहादुरजी पैसा बाँडेर मात्रै चुनाव जित्छन्

डडेल्धुरा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि केही काम गर्न नसकेको बताएका छन ।

आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले सो कुरा बताए । देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको र त्या कारण चुनाव जित्ने गरेको ओलीले आरोप लगाए । ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ । एउटा शेर बहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ । टेलिभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ । त्यो भन्दा बढी के भनम् ।’

त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए । तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवि भन्ने । मिस पविले जोड गरेकै हुन् । विचारा एउटी मिस पवि के गरून् ।’ उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए । उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लड्ने जित्ने कार्य गर्ने जिकिर गरे । ‘रोष्टमबाट मैले मेरा मित्र शेरबहादुर जीलाई सोधे, ‘शेर बहादुरजी पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त ?’ तर, उहाँले जवाफ फर्काउन सक्नु भएन,’ अध्यक्ष ओलीले भने, ‘काँग्रेसका नेता सत्ताजीवी, चिरञ्जीवी र बुढेस काल सम्म नेतृत्व पाइरहुन ।’

उनले आफू प्रधानमन्त्री हुँदा देशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर छ । प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए। ‘शेरबहादुरजी मेरो पुरानो मित्र ।

पुरानो मित्रको गाउँपालिकामा पनि एउटा अस्पताल बनाउ भनेर राखेको थिए । केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइ दिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी त्यहाँका जनताले उपचार पाउँथे। अब गन्यापधुरामा एउटा अस्पताल बनाउँछु । यो कुरा शेर बहादुरजीले सुन्नुहुन्छ ।’ उनले किसान सहिद भीमदत्त पन्तको हत्या काँग्रेसले गरेको दाबीसमेत गरे। ‘शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्नु भएन’ ओलीले भने । ‘डडेल्धुराका जनताले राखेको माग एमालेले पूरा गर्छ ।’ ओलीले डडेल्धुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताएका छन् ।

Loading...