भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिए




काठमाडौं, ३ साउन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।



प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध गहिरो हुने पनि मोदीले बताएका छन् ।



