कैलाली प्रशासनले ईच्छा विपरित जथाभावी रङ दले कारवाही गर्ने

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले होली (फागु पूर्णीमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनु पर्ने प्रशासनले आग्रह गरेको हो।

‘चैत ११ गते पहाडी होली र १२ गते तराईका लागि परेको रङ्गहरुको साँस्कृतिक पर्व फागु पूर्णीमाको अवसरमा उक्त साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनु हुन र कोही कसैलाई इच्छा विपरित रङ्ग, लोला र पानी छ्याप्ने तथा सार्वजनिक स्थलहरुमा होहल्ला नगर्नु/नगराउनु हुन समेत सबैमा हार्दिक अनुरोध गरिन्छ ।’

Navadurga sun

सहायक प्रजिअ जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यस सूचनाको बर्खिलाप हुनेगरी कानून विपरितका गतिविधिहरु कोही कसैबाट भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’ चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रङ्ग लगाउने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, लोला हान्ने पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, अरुलाई जिस्क्याउने, सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने तथा अरुलाई अप्ठेरो पर्ने खालका कुनै पनि गतिविधि गरेको पाइए कारबाही हुने प्रशासनको चेतावनी छ ।

यो वर्ष होली पहाडी जिल्लामा चैत ११ गते र तराईका जिल्लामा चैत १२ गते मनाइँदै छ । यता जिल्लाा प्रहरी कार्यालय कैलालीले होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाही पूर्वक सवारी सञ्चालन हुन सक्ने र भिडभाड हुन सक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी कडा सुरक्षा अपनाउने तयारी गरेको छ ।

ठाउँठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक जाँचलाई तीव्रता दिइने ट्राफिक प्रहरीले योजना बनाएको छ । मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी सवारी चलाउने, दुर्घटना गराउन सक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारी साधन कारवाहीमा ल्याउने ट्राफिक प्रहरीले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...