नेकपा एमाले कञ्चनपुर अधिवेशनमा विवाद हुँदा निर्वाचन कार्यालयमा तालाबन्दी

कैलाली- नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद हुँदा निर्वाचन कार्यालयमा तालाबन्दी भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भए पछि विवाद सृजना भएको हो ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कणर् बहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘२४ जना बसेर प्रतिनिधिको भावनाविपरीत पदाधिकारी घोषणा मान्य हुँदैन’, तालाबन्दी पछि चन्दले भने, ‘कि सबैको भावना समेटिनु पर्छ नत्र निर्वाचन हुनुपर्छ ।’ एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । चन्दले ती प्रतिनिधीहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न आग्रह गरे ।

‘अन्य व्यक्तिको बारेमा खासै समस्या होइन । अघिल्लो पटक सदस्यमा चुनाव हारेकालाई उपाध्यक्ष बनाउने सहमतिका कारण विरोध भएको हो,’ एक नेताले भने, ‘कणर् कमरेड उपसचिवमा पहिले सर्वाधिक मत ल्याएर जित्नु भएको थियो । उहाँलाई कुनै न कुनै भूमिका दिनु पर्ने थियो ।’ अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

उनले सम्भव हुँदा सम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए । अध्यक्ष मण्डलका सदस्य सहित नेताहरु अधिवेशन सर्वसम्मत बनाउन छलफल जारी राखेका छन् । कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गरेको चौथो दिन डडेल्धुरा जिल्ला अधिवेशनको उद्घाटन गर्न ओली कैलाली पुग्दा सम्म पनि नेतृत्व चयन हुन नसकेको हो ।

Loading...