
डोटी- डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर-५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक घटनाको अनुसन्धान भईरहेको छ ।

