राष्ट्रसेवक बचत तथा ऋण सहकारीले मनायो १७ औँ स्थापना दिवश

धनगढी- राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औँ स्थापना दिवश मनाएको छ । शनिवार सहकारीले आफ्नो १७ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाएको छ । सहकारीको स्थापना दिवसको अवसरमा उक्त सहकारीका अध्यक्ष लोकराज पनेरुले सहकारीको आय व्ययको विवरण समेत प्रस्तुत गरेका थिए । साथै सहकारीले पुर्व पदाधिकारी तथा स्थापनार्थ सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

अध्यक्ष पनेरुले सहकारीको लगानि सुरक्षित रहेको समेत दाबि गरेका थिए । उनले ऋण दिएको कुल रकमको ८० प्रशित धितो राखेर ऋण दिएको र १० प्रशित मात्र बिना धितो ऋण दिएकाले बचतकर्तालाई ढूक्क भएर बचत गर्न जोड दिए ।

कार्यक्रममा सहकारीका बचत कर्ता, अन्य सहकारीका प्रतनिधि तथा कृषी सहकारी मन्त्रालयका विज्ञ कर्मचारीको सहभागीता रहेको उक्त सहकारीका व्यवस्थापक प्रबेश श्रेष्ठले बताए ।

Loading...