धनगढी- कैलालीमा नदी किनारामा एक जना युवकको शव फेला परेको छ । कैलालीको टीकापुर नगरपालिका-९ स्थित मोहना नदी किनारामा अन्दाजी २५-२६ वर्षीय युवकको शव फेला परेको हो ।
शुक्रवार साँझतिर मृत फेला परेका ती युवकको पहिचान नखुलेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।