धनगढीबाट लागूऔषध सहित एक युवक पक्राउ

धनगढी- कैलालीको धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं.३ भन्सार नजिकबाट ७१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी-५ बस्ने २७ वर्षीय करन ऐरलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

Loading...