नेपालबाट १५ भारतीय नागरिकले गरे मिर्गौला प्रत्यारोपण
सुदूरपश्चिमका ४० जनाले गरे मिर्गौला प्रत्यारोपण
काठमाडौँ- नेपालबाट भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट पछिल्लो पटक भारतका १५ जनाले मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
केन्द्रको तथ्यांक अनुसार पछिल्लो पटक १ हजार २१४ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका छन् । त्यसमध्ये १५ जना भारतीय नागरिकले मिर्गौला प्रत्यारोपण गरेका हुन् । सो केन्द्रबाट बागमती प्रदेशका सबैभन्दा बढी ३६९ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
त्यसैगरी सुदूरपश्चिमका ४०, कणर्ालीका ३१ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रको तथ्यांक छ । त्यस्तै गण्डकी प्रदेशका १९४ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । लुम्बिनी प्रदेशका १५० जना, मधेस प्रदेशका १३१ जना र कोशी प्रदेशका २७८ जनाले सो केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरेका हुन् । मिर्गौला प्रत्यारोपण गर्ने मध्ये ६ जनाको ठेगाना नखुलाइएको केन्द्रको तथ्यांक छ ।