बझाङ-१ को उपनिर्वाचनका लागि एमाले ले गर्‍यो ३ जनाको नाम सिफारिस

बझाङ– नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो। यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन्।दमन बहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको बझाङ जिल्ला कमिटीले जानकारी दिएको छ।

उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले जितेका थिए। उनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री थिए। सवारी दुर्घटनामा उनको निधन भएपछि रिक्त रहेको स्थानमा चुनाव हुन लागेको हो। आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ भने चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...