कैलालीमा निलम्बित विव्यस अध्यक्षबाट कुटिए २ शिक्षक

धनगढी- कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट २ शिक्षक कुटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरत राज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन ।

उनले नवराज भट्ट र मदनराज भाट माथि कुटपिट गरेका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूको बिचमा माइनियुटको विषयमा विवाद भएको हो । विद्यालयका अध्यक्ष रहेका जोशीलाई अभिभावक भेलाले हटाइको थियो ।

वडा अध्यक्ष तारा प्रसाद अधिकारीका अनुसार जोशीलाई अभिभावक भेलाले हटाउने निणर्य गरेको थियो । उनले सरस्वती पूजाको दोस्रो दिन कक्षा सञ्चालन गर्न भनेका थिए ।

कक्षा १० का विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, कक्षा ४ मा बसाल्ने गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशी सँग शिक्षक तथा विद्यार्थीहरूको विवाद रहेको थियो । सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो । उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको निणर्यको माग गर्दै जोशी बिहिवार विद्यालय गएका थिए । विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू भाट र भट्ट प्रवेश गरेका हुन् । शिक्षकहरूलाई जोशीले नकले हानेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ । दुबै शिक्षकहरूको उपचार हुँदैछ ।

Loading...