एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय





काठमाडौँ, ३ साउन– नेकपा एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा आज (अाईतबार) बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।


बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने र मत दिने सांसद एमालेमा नरहने जानकारी समेत दिएका थिए । बैठकमा वरिष्ठ नेता नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरू अनुपस्थित रहेका थिए । यसअघि शुक्रवार स्थायी कमिटी र संसदीय दलको बैठक पनि नेपाल पक्षका नेताहरू उपस्थित रहेका थिएनन् । नेता नेपाल पक्षले सहमतिबिना बैठक बोलाइएको भन्दै सहभागी नहुने अडान राख्दै आएको छ ।



