उपनिर्वाचनका लागि २० दल दर्ता (नाम सहित)

काठमाडौं- आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ता गराउनेमा प्रतिनिधिसभा तर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गते सम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निणर्य गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वी बहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

Loading...