Division ban Pahalmanpur

बैतडीमा अवैध काठको गोलिया र ट्रक सहित एक जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- बैतडीमा अवैध काठको गोलिया र ट्रक सहित एक जना पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका-२ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठ सहित पक्राउ परेका हुन ।

Malpot office jogbudha

जिल्लाको मेलौली नगरपालिका-७ को हरिपुर बजारबाट चन्द सहित उनले चलाएको सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ ।

अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । ट्रक र ५ थान सल्लाको गोलिया सहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...