तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौँ- तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

Malpot office dadeldhura

मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

यस अघि बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...