धनगढी- कैलालीबाट बझाङ्गका २ जना लागूऔषध सहित पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध सहित बझाङ्गको केदारस्यु गाउँपालिका-७ बस्ने ३८ वर्षीय खडक धामी सहित २ जना मंगलवार साँझ पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध (खैरो हेरोईन) बरामद गरेको गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।