कैलालीमा तिन जना महिला सहित ४ फरार प्रतिवादी पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीमा तिन जना महिला सहित ४ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Malpot office dadeldhura

कैलालीमा वन मुद्दामा ८ हजार ३९६ जरिवाना ठहर भएका गोदावरी नगरपालिका-९ बस्ने कालुराम राना, सोही मुद्दामा १२ हजार जरिवाना ठहर भएकी टीकापुर नगरपालिका-५ बस्ने लक्ष्मी चौधरी रहेका छन् ।

यस्तै चेक अनादार मुद्दामा ९ सय जरिवाना ठहर भएकी टीकापुर नगरपालिका-४ बस्ने सरिता चौधरी र सोही मुद्दामा १ हजार जरिवाना ठहर भएकी टीकापुर नगरपालिका-१ बस्ने रिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । चारै जनालाई अदालत समक्ष पेश गरिएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...