पत्रकार ऐडीले गरे स्वर्गीय आमाको पुण्यतिथिमा भोजनदान

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- पत्रकार रमेश ऐडीले स्वर्गीय आमा बिस्नादेवी ऐडीको पुण्य तिथिको अवसरमा दृष्टि फाउन्डेसनमा भोजन दान गरेका छन् । ऐडीले मंगलबार आमाको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा रहेका ६५ जना घरबार विहिन, बेसहारा महिला तथा बालबालिकालाई भोजन गराएका हुन् ।

Malpot office dadeldhura

धनगढी उपमहानगरपालिका-१९ घर भएका पत्रकार ऐडीकी आमाको २०७८ फागुन २९ गते करेन्ट लागेर मृत्यु भएको थियो । पत्रकार ऐडीले गत वर्ष पनि आमाको सम्झनामा मानव सेवा आश्रममा भोजन दान गरेका थिए ।

पत्रकार ऐडीले पिता महावीर ऐडी, दिदी भावना ऐडी, भाई भुवन ऐडी र बहिनी रोसा ऐडीको तर्फबाट फाउन्डेसनमा उपस्थित भएर  १० हजार बराबरको भोजन दान गरेका छन् । उनले अनावश्यक खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा शान्ति मिल्ने र अरुको जीवन बचाउन सहयोग पुग्ने भएकाले आमाको सम्झनामा यसैगरी हरेक वर्ष भोजन दान गर्ने बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...