पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ साउन- पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३१० र ३ हजार २०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२५ पुगेको छ ।

Navadurga sun
Godawari sandesh

सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १६४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७/१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

Loading...