वैद्यनाथधाममा सञ्चालित कोटिहोम महायज्ञमा चार करोड सङ्कलन

अछाम- अछामको वैद्यनाथधाममा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा चार करोड रुपियाँ दान सङ्कलन भएको छ। साँफेबगर नगरपालिकामा रहेको वैद्यनाथधाममा १४४ वर्षपछि कोटिहोम आयोजना गरिएको हो।

Ganyapdhura gau

चार करोडमध्ये दुई करोड रुपियाँ खर्च भएको कोटिहोम आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए। कोटिहोमका क्रममा १५ लाखभन्दा बढी मूल्यबराबरको जग्गा दान प्राप्त भएको आयोजकले जानकारी दिएको छ। हालसम्म बैङ्कमा एक करोड ७० लाख २६ हजार रुपियाँ बचत रहेकोमा ४९ लाख रुपियाँ तिर्न बाँकी छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

८० लाखभन्दा विभिन्न पालिका तथा बैङ्क वित्तीय संस्था, कलश ठेली, प्रवासबाट १० लाख रुपियाँभन्दा बढी रकम आउने सुनिश्चित रहेको उपाध्यायले बताए । उठ्न बाँकी रहेको रकम एक हप्ताभित्रै प्राप्त भएमा सम्पूर्ण आयव्यय सार्वजनिक गरिने बताइएको छ। दुई हप्ताभित्र सम्पूर्ण आयव्यय सार्वजनिक गर्नका लागि जिल्ला विकास समितिका पूर्वसभापति एवं कोटिहोमका वरिष्ठ उपाध्यक्ष भरतकुमार स्वाँरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

फागुन १० गतेबाट सुरु भएको कोटिहोम फागुन २५ गते समापन भएपछि आइतबार समीक्षा गरिएको हो। कोटिहोम मूल आयोजक समितिका अध्यक्ष एवं अछाम १ का प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले कोटिहोमले वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाका लागि आधार तयार भएको उनको भनाइ छ। पूर्वमन्त्री कुँवरले यहाँको लोक संस्कृति, लोककला, लोकगीतको संरक्षण र प्रवर्धन गर्न कोटिहोमबाट मद्दत पुगेको भनाइ राखे ।

वैद्यनाथलाई नेपालका चारधाम क्षेत्रमा घोषणाका लागि नेपाल र भारतका विद्वान्हरूसँग चाँडै बहस गर्ने योजना रहेको सुनाए। उक्त समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वैद्यनाथ कोटिहोमका वरिष्ठ उपाध्यक्ष एवं आर्थिक समितिका संयोजक मेघराज खड्का, वरिष्ठ उपाध्यक्ष भरतकुमार स्वाँर, उपाध्यक्ष एवं साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवर, उपाध्यक्ष एवं साँफेबगर नगरपालिका निर्वतमान प्रमुख कुलबहादुर कुँवर, उपाध्यक्ष वैद्यनाथधाम पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष खडक खड्कालगायत पदाधिकारीले कोटिहोमको महत्व र गरिमाबारे आफ्नो भनाइ राखेका थिए ।

Couple
Loading...