धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत हुँदै

धनगढी- कैलालीको धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत गर्ने काम सुरु भएको छ । उपमहानगरपालिकाले सडक बोर्ड नेपालसँगको सहकार्यमा सडकको आवधिक मर्मत गर्ने काम सुरु गरेको हो ।

उपमहानगरले त्रिबेणी चौक पश्चिम मोहनाखोला सडक र सरस्वती मार्ग, बसपार्क सडक दक्षिणकालीमार्ग, बोराडाडी कैलाली गाउँ सडकको आवधिक मर्मत गर्ने कामलाई अघि बढाएको छ ।

त्यस्तै राष्ट्रिय जनता मावि. विजयनगर सडक बुढी नन्दा मार्ग, हनुमान मन्दिर ‘डी’ गाउँ हुदै ‘सी’ गाउँ जोड्ने सडक, बंगारा मार्ग, भगवती मार्ग, धनगढी रिंग रोड र फुलवारी रिंगरोड सडक फुलवारी गाउँ मार्गको आवधिक मर्मत गर्ने कामको सुरुवात भएको उपमहानगरपालिकाले जनाएको छ । साथै ती सडकको गुणस्तरीय कार्य सम्पादन गर्ने कार्यको निगरानी गर्न नगरवासीलाई आग्रह समेत गरिएको छ ।

Loading...