विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

धनगढी – कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरी मुद्दामा १० दिन कैद सजाय र १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-११ बस्ने डम्बर राना, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका टीकापुर नगरपालिका-९ बस्ने किरन चौधरी र लागुऔषध मुद्दामा २ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका-६ बस्ने बिजय शाही रहेका छन् ।

Dadeldhura hospital

त्यस्तै वन मुद्दामा ८१ हजार १ सय १ जरिवाना ठहर भएका टीकापुर नगरपालिका-३ बस्ने दिल बहादुर भुल, बाल यौन दुव्र्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-४ बस्ने जगत कुँवर र चोरी मुद्दामा २२ दिन कैद सजाय र ११ हजार ३९० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-८ बस्ने कमल पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

Godawari sandesh
Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको चन्दले जानकारी दिएका छन् ।

Loading...