अत्तरिया, २७ फागुन- कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलले रजतजयन्ती मनाउने भएको छ । भोली (सोमबार) रजतजयन्ती मनाउनुका साथै जनकल्याण म्यागजिन (स्मारिका) विमोचन समेत गर्ने भएको छ ।
उक्त समारोहको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २५ औं वार्षिक उत्सव तथा रजतजयन्तीको अवसरमा जनकल्याण म्यागजिन (स्मारिका) विमोचन संगै सांस्कृतिक, मनोरञ्जनात्मक र पुरस्कार वितरण गरिने भएको संस्थापक प्रिन्सिपल योगेन्द्र हमालले जानकारी दिए ।
रजतजयन्ती अवसर पारेर सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आइरहेको विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको साथै समारोहमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने प्रिन्सिपल हमालले बताए । २०५४ सालमा ३२ जना विद्यार्थीहरुबाट सञ्चालन ल्याएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आइरहेको छन् । साथै विद्यालयमा २४ जना शिक्षक, शिक्षिका कार्यरत रहेका सञ्चालक योगेन्द्र हमालले जानकारी दिए । विद्यालय नर्सरी कक्षा देखि १० कक्षा सम्म पठनपाठन गर्दै आइरहेको छ ।
२०६३ साल देखि गोदावरी नगरपालिका वडा नं ४ बास्कोटामा न्यू जनकल्याण एकेडेमी सञ्चालन गरी कक्षा ७ सम्म अध्यापन गराउँदै आइरहेको छ ।