कञ्चनपुरमा साधुको शंकास्पद मृत्यु

कञ्चनपुर, २ साउन– कञ्चनपुर जिल्लामा पर्ने प्रसिद्ध धार्मिक, तथा पर्यटकीय स्थल लिंगामा बस्दै आएका एक साधुको शंकास्पद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार वेदकोट नगरपालिका वडा नं. ४ स्थित शिव लिंगेश्वर धाममा बस्दै आएका ७५ वर्षीय साधु किसन नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

उनको शव पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाइएको छ। ‘प्रारम्भिक अनुसन्धानले हत्या गरिएको खास्सै प्रमाण भेट्टाएको छैन’, प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं, घटनास्थल सिल गरिएको छ।’

Navadurga sun

साधु केही दिनअघि बिरामी परेको भन्ने जानकारी आए पनि त्यसको पुष्टि नभएको उनले बताए। पोस्टमार्टम रिपोर्टपछि थप जानकारी हुने उनले बताए। विगत ४ वर्षदेखि धाममै बस्दै आएका नाथ शनिवार बिहान सुुत्ने कोठा बाहिर ढलेको अवस्थामा मृत फेला परेका थिए ।

उनी मुुखबाट रगत बगेको र रगत वान्ता गरेको देखिएको प्रहरीले जनाएको छ । स्थानीयले उनको हत्या भएको आशङ्का गरे पनि प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको आशङ्कालाई बल पुग्ने प्रमाण फेला नपरेको प्रवक्ता न्यौपानेको भनाइ छ। यद्यपि शव परीक्षणबाट थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...