बालिका बलात्कार गरेको अभियोगमा ६ जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौँ- १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीन वटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

Malpot office dadeldhura

एक पटक तीन जनाले र एक पटक दुई जनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन् । गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेज बहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् ।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन् । जनक बोहराले तीन पटक, तेजराज दानीले दुई पटक र अंगराज बोहराले एक पटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ । तीनै बालिका माथि गत २१ माघमा मूलपानी स्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दायर भएको छ ।

जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, २५ माघमा भण्डारखाल नजिकै पनि बालिका माथि पटक-पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ । जसमा रुकुम पश्चिमका खडक प्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो । बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...