बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति को दोश्रो बार्षिक साधारण सभा तथा योजना हस्तान्तरण कार्यक्रम
अत्तरिया, २६ फागुन- बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति को दोश्रो बार्षिक साधारण सभा तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार संस्थाको प्रांगणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । यहि फागुन १९ गते संस्था को बार्षिक साधरण सभामा कोरुम नपुगेकाले शनिबार को लागी कार्यक्रम को मिति तय गरिएको हो । १९ गतेको बन्द सत्र कार्यक्रमले शनिबार निरन्तरता पाएको हो ।
उक्त साधारण सभामा बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हेम प्रकाश मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व समाजिक मन्त्री कृष्ण राज सुबेदी रहेका थिए ।
प्रमुख अतिथि सुबेदीले आफु यस खानेपानी संस्थाको संस्थापक अध्यक्ष भएको र संस्थाको लागी सक्दो सहयोग गरेको र गर्ने प्रतिबद्धता ब्यक्त गर्दै शुद्ध खानेपानी सबैको अधिकार भएको बताए । अहिले यस खानेपानी संस्थाले राम्रो सेवा प्रदान गरि रहेको र भबिश्यमा पनि दिनु पर्ने बताउँदै यो खानेपानी संस्थाले सेवा बिस्तारमा मात्र होईन गुणस्तरीय खानेपानी दिनुपर्ने समेत बताए ।
खानेपानी कार्य समितिको चुनाव को लागी अध्यक्ष पदमा ८ जना, उपाध्यक्ष मा ३ जना, सचिब मा २ जना, कोषाध्यक्ष मा २ जना, ५ जना सदस्यहरुको लागी २७ जना आकांक्षी थिए । ९ जना को लागी ४२ जनाको उम्मेदवारी परको छ । आइतबार ८ जना अध्यक्षका उम्मेदवार बाट सहमति जुटाउन प्रयत्न गरिने अध्यक्ष हेम प्रकाश मल्लले बताए । सकभर चुनावि प्रकृयामा नजाने पनि उनले बताए । चुनाव गराउनु पर्ने बाध्यता आए राजेन्द्र खडका, शिवराज जोशी, यादव फुलारा, राज बहादुर महारा, नर बहादुर महारा भएको निर्वाचन कमिटिको गठन गरिएको समेत उनले बताए ।
यस खानेपानी संस्थामा ७ सय ५६ वटा उपभोक्ता रहेका छन् । संस्थाको बार्षिक प्रतिवेदन कोषाध्यक्ष सुसिला स्वारले प्रस्तुत गरिन । आ.ब.२०७९/०८० को जम्मा आय-व्यय ३७ लाख ७७ हजार ४ सय ९३ रुपैयाँ रहेको छ । संस्थाको नाफा नोक्सान २० लाख ४४ हजार २ सय ५५ रुपैयाँ रहेको छ । २०७३ साल जेठ १५ बाट ७ बर्ष पुरा गरि सफलताको आठौं बर्ष को यो दोस्रो चुनावि साधारण सभा हो ।
कार्यक्रममा कृष्णा जोशी, भिष्म सुबेदी, तिर्थ राज जोशी, टिका दत्त जोशी, गोरख बहादुर खड्का, कृष्ण राज सुबेदी, हेम प्रकाश मल्ल आदि बक्ताहरुले बोलेका थिए ।
बिषिष्ट अतिथिहरुमा डोटी क्याम्पसका पुर्व प्राध्यापक तिर्थ राज जोशी र अत्तरिया खानेपानी तथा सरसफाईका अध्यक्ष टिकादत्त जोशी थिए ।
कार्यक्रममा बास्कोटा खानेपानीका सल्लाहकार समिति सदस्य पदम बहादुर बलायरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन मनोहर कुवरले गरेका थिए ।