Division ban Pahalmanpur

कैलालीबाट करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- कैलालीबाट करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । भजनी नगरपालिका-९ भुरुवा बस्ने २८ वर्षीय आशीस राजीलाई ईलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका-५ कुटीबाट शुक्रवार पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना २ दिन कैद सजाय र २ लाख जरीवाना ठहर भएपछि राजी फिरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...