धनगढी- धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ९ बाङग्राकटानबाट २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी उपमहानगरपालिका ७ भानुचोक बस्ने २९ वर्षीय भरत चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको बेला लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।