तत्काल सरकारबाट फिर्ता हुन नागरिक उन्मुक्तिका मन्त्रीहरुलाई श्रेष्ठको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा छन् । उनलाई सरकार टिकाइ राख्न सकस भइरहेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले शुक्रबार राति नागरिक उन्मुक्ति पार्टीबाट २ मन्त्री र १ राज्यमन्त्री थपेर सरकार विस्तार गरे पनि उनी नेतृत्वको सरकार भने अझै अल्पमतमै छ ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई विनाविभागीय र इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टीकि पुर्व अध्यक्ष रञ्जीता चौधरीले तत्काल सरबारट बाहिरिन निर्देशन दिएकि छन् । उनले तत्काल मन्त्री बनेकाहरुले सरकार छोड्न नमाने कारबाही गर्ने समेत चेतावनी दिएकि हुन् ।

पार्टी सँग कुनै सल्लाह नै नगरेर राति मन्त्री बन्न जाने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै तत्काल बाहिरिन उनले निर्देशन दिएकि हुन् । यस्तो अवस्थामा मुख्यमन्त्री शाह झनै संकटमा परेका छन् । साथै राप्रपा र स्वतन्त्र सांसदले साथ दिने नदिने विषयमा पनि अहिले सम्म कुनै निणर्य गरिसकेका छैनन् । नवनियुक्त २ मन्त्रीलाई भने शुक्रबार राति प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

त्यस्तै, राज्यमन्त्री गिरीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ गराए । प्रदेश सरकारमा यस अघि नागरिक उन्मुक्तिका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए । नागरिक उन्मुक्तिले सोही मन्त्रालयको राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर गिरीलाई राज्यमन्त्रीमा पठाएको हो । मुख्यमन्त्री शाहले तीन मन्त्री थपेर नागरिक उन्मुक्तिको समर्थन कायम राखे पनि सरकारले बहुमत पाउने अवस्था बनिसकेको छैन ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । स्वतन्त्र सांसदले यसअघि मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि हाल उनी प्रतिपक्ष छन् । मुख्यन्त्री शाहले एक सदस्य रहेको राप्रपा र प्रदेश सभामा रहेका एक स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउन पहल गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने मन्त्री बनेकाहरुलाई तत्काल छोड्न निर्देशन नै दिएपछि थप अन्यौलता बढेको हो ।

सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्ति भित्र विवाद चर्किएको छ । गठबन्धनको पक्षमा माओवादीका सभामुख बाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ गरी २४ सिट छ । नागरिक उन्मुक्तिको समर्थनविना गठबन्धनले पनि सरकार गठन गर्न सक्ने अवस्था छैन् । कांग्रेसबाट निर्वाचित १ सदस्यको दुर्घटनामा निधन भएपछि प्रदेश सभामा अहिले ५२ सदस्य छन् । राप्रपा र प्रदेश सभामा रहेका १ स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने कसरत थालिएको छ । तर राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्रीको प्रस्ताव गरे पनि सरकारमा सहभागी हुनेबारे सहमति भइसकेको छैन् ।

सरकार छोड्न निर्देशन
नागरिक उन्मुक्ति पार्टीकी पुर्व अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन् ।

पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्य राती सरकारमा किन गएको भन्दै रन्जीताले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन् । तर संसदीय दलका नेता चौधरीले भने यस विषयमा आफुलाई कुनै निर्देशन नआएको दाबी गरे । उनले पार्टीसँग छलफल गरेर अघि बढेका छौँ । सरकार छोड्न भनेर कुनै आधिकारीक रुपमा पत्र नआएको बताए ।

Loading...