डडेल्धुरामा महोत्सवको सुरु

हरिश चन्द/डडेल्धुरा २४ फागुन- छैटाैं संस्करणको डडेल्धुरा महोत्सवको आज देखि सुरु भएको छ । आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघका अनुसार सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटाैंऔं डडेल्धुरा महोत्सव सुरु भएको हो ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

आज औपचारि कार्यक्रमका बीच प्रदेश प्रमुख देव राज जोशीले महोत्सवको उद्घाटन गरेका हुन । फागुन २४ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक सम्भावनालाई उजागर, धार्मिम एवं पर्यटकिय ऐतिहासिक, प्रवद्र्धन गर्ने उद्देश्य रहेको उद्योग वाणिज्य संघका अध्यक्ष दिज राज भट्टले बताए ।

महोत्सव आयोजना गर्दा झण्डै ८० लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । टिकट शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

यस्तै विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताइएको छ ।

Couple
Loading...