अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । नगरपालिकाले फाउन्डेसनलाई खाद्यान्न, लुगाकपडा लगायत ३ लाख बराबरका सामग्री सहयोग गरेको हो ।
बिहिबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी धामीको उपस्थितिमा दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई उक्त सामग्री हस्तान्तरण गरिएकाे हाे ।
पालिकाले चामल, साबुन, सोडा, चाउचाउ बिस्कुट, टुथपेस्ट, ब्लाङकेट, तरकारी, बालबालिका तथा मानसिक संन्तुलन ठिक नभएका महिलाहरुका लागि लुगा कपडा लगायत सर सामान बितरण गरेको जानकारी शाखा प्रमुख गोदावरी धामीले बताईन ।
सामग्री हस्तान्तरण गर्दै प्रमुख भट्टले सार्वजनीक स्थलमा कष्टकर जीवन बिताईरहेका, बेसहारा तथा मानसिक सन्तुलन गुमाएका बिरामीहरुलाई एकत्रित गरेर दृष्टि फउन्डेसनले उत्कृष्ट कार्य गरेको बताए ।
साथै अन्य पालिकाहरुले पनि मानव सेवामा समर्पित संघ संस्थालाई सहयोग गर्नु पर्ने र अरुलाई पनि सहयोग गर्न अपिल समेत ब्यक्त गरेका छन ।