लोटस आई स्कुलले मनायो २५ औं रजत जयन्ती तथा अभिभावक दिवस

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २५ औं रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ ।

रजतजयन्ती तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए । उनले विद्यालयले सुदूरपश्चिममा एव् अत्तरिया क्षेत्रमा पुगाएको शैक्षिक योगदानका बारेमा चर्चा गरे ।

वार्षीकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसंगै कमलपुञ्ज स्मारिका विमोचन गरिएको थियो । नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल १ हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

स्कुलबाट रजतजयन्तीमा उक्त विद्यालयमा अध्ययन गरेका डा. लक्ष्मीराज भट्ट र ई. किरण भट्टलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो । यस्तै यसै स्कुलमा बिगत १५ बर्ष देखि शिक्षण पेशामा आबद्ध शिक्षक–शिक्षिका एव् पढाईमा उत्कृष्ठ क्षमता प्रदर्शन गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र सहित खादा र मेडल दिई सम्मान गरेका थिए ।

Loading...