इलेक्ट्रिक भ्यान गोदावरीमा दुर्घटना हुँदा ४ जना घाइते

अत्तरिया– कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान बुधबार दिउँसो गोदावरीको भ्यागुतेपानीमा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका– १ की ३६ वर्षीय कमला निडाल, कैलालीको चुरे गाउँपालिका– ६ की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका– ८ की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । इलेक्ट्रिक भ्यान ब्रेक लगाउन खोज्दा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Loading...