मालपोत र नापी कार्यालय सञ्चालनमा आएपछि स्थानिय खुसि

हरिश चन्द/डडेल्धुरा २३ फागुन– डडेल्धुराको जोगबुढामा मालपोत र नापी कार्यालय सञ्चालनमा आएपछि स्थानिय खुसि भएका छन । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सरकारले २०७८ चैत १७ गतेको मन्त्रिपरिषद वैठकको निणर्य अनुसार डडेल्धुराको जोगवुढा, शाखा स्थापना गरेर सेवा सञ्चालन गर्ने निणर्य गरेको थियो ।

सोही निणर्य अनुसार जोगबुढामा पनि नापी र मालपोतको कार्यालय सञ्चालनमा आएको हो । अहिले कार्यालय स्थापना भएपछि डडेल्धुराको भित्रिमधेश जोगबुढा वाट सेवाग्राहीले सेवा लिइरहेका मालपोत कार्यालयका प्रमुख प्रेम सिह धामी को भनाई रहेको छ । उहाँले भन्न भयो सानो कामको लागि पनि जिल्ला पुग्न पर्ने हुदा यहाँका जनतालाई धेरै समस्या हुने गथ्र्यो अहिले कार्यालय स्थापना भएपछि सहज भएको उहाँको भनाई छ ।

कार्यालय स्थापना पछि दुई पालिका परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज भएको नापी कार्यालयका प्रमुख हरिश मल्लले जानकारि दिनु भयो । जिल्लामा यो सँगै दुई स्थानबाट मालपोत र नापी कार्यालयले सेवा प्रवाह हुदै आएको छ ।

Loading...